उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना

  ।   २ भाद्र २०८३, मंगलवार ०८:५०

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेतमा दुर्घटना भएको छ ।आज बिहान भएको दुर्घटनामा परेर मुख्य न्यायाधीश सहित ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्टले जानकारी दिए ।घाइतेहरूलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको हो । गाडीमा मुख्य न्यायाधीश र उनका पारिवारिक सदस्यहरू रहेको बताइएको छ ।

 

Next Post

प्रधानमन्त्री निरन्तर अनुपस्थित भएपछि संसद् आउन सभामुखले मिति तोके

२ भाद्र २०८३, मंगलवार ०८:५०
प्रतिनिधिसभामा लामो समयदेखि अनुपस्थित हुँदै आएका प्रधानमन्त्री वालेन्द्र शाहले अब भने संसद्को रोस्ट्रममा उभिएर सांसदका प्रश्नहरूको जवाफ दिनुपर्ने भएको छ । सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई १० भदौमा प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन ‘रुलिङ’ गरेका छन् । प्रधानमन्त्रीले प्रत्येक महिना पहिलो साताको एक दिन सांसदका प्रश्नको जवाफ दिनुपर्ने प्रतिनिधिसभा […]