एमाले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

  ।   ९ असार २०८३, मंगलवार २१:४५

काठमाडौँ — विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार म्याद थपका लागि अदालत पेस गरेको थियो ।

न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पहिलोपटक ७ दिनको म्याद थप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ । आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ ।

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई मंगलबार नेपालगन्ज हुँदै काठमाडौं लागिएको थियो ।

Next Post

एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी

९ असार २०८३, मंगलवार २१:४५
नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी र पूर्वाग्रहप्रेरित रहेको निष्कर्ष निकालेको छ। मङ्गलबार साँझ बालकोटमा बसेको सचिवालय बैठकले पौडेललाई विनाशर्त रिहाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ । बैठकले पौडेललाई थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने माग न्यायोचित नभएको ठहर गरेको छ। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी भन्दै आग्रह पूर्वाग्रहबाट प्रेरित […]