आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

  ।   २९ जेष्ठ २०८०, सोमबार ०७:१३

जेठ-२९ काठमाडौ । आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ ।दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

यहि जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो ।

बजेटको छलफल आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिनेछन् ।

अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ ।

Next Post

यस वर्षको मनसुनमा देशैभर कम पानी पर्ने

२९ जेष्ठ २०८०, सोमबार ०७:१३
जेठ-, काठमाडौ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभर कम पानी पर्ने प्रक्षेपण गरेको छ । सरदरभन्दा कम पानी पर्ने र मनसुन अवधिभर विगतभन्दा न्यून तापक्रम हुने अनुमान पनि गरिएको छ । नेपालमा सामान्यतय: जेठ अन्तिम साताबाट मनसुन प्रवेश गर्छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक […]