दैलख कांग्रेसका धरोहर तथा कर्णाली प्रदेशका पूर्वमन्त्री हिमबहादुर शाहीको निधन

  ।   १ आश्विन २०८३, बिहीबार १०:४०

दैलेख जिल्लाका पूर्व सभापति नेपालि कांग्रेस दैलेखका धरोहर तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको हृदयघातका कारण निधन भएको छ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका बुडेली निवासी शाही २००६ सालमा जन्मिएका थिए। उनी नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई भेटेपछि कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए।

शाहीले २०३६ सालको जनमतसंग्रहमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा अग्रणी भूमिका निर्वाह गरेका थिए।

बहुदल प्राप्तिका लागि २०३२ सालदेखि २०४६ सालसम्म भूमिगत रहेका शाही विभिन्न समयमा गरी नौ पटक पक्राउ परेका थिए।

उनी २०४९ सालमा जिल्ला विकास समिति दैलेखका सभापति बनेका थिए। २०७४ सालमा समानुपातिकतर्फबाट कर्णाली प्रदेश सभा सदस्य बनेका शाहीले प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। उनी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत बनेका थिए |

Next Post

सभामुखसँग प्रहरी नेतृत्वको गुनासो : सांसदबाटै मनोबल गिराउने काम भयो

१ आश्विन २०८३, बिहीबार १०:४०
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी उच्च अधिकृतहरुसहित लिएर सभामुख डीपी अर्यालसँग भेट गरेका छन् । सभामुखको कार्यकक्षमा शुक्रबार दिउँसो भएको भेटमा कार्कीसहितका उच्च अधिकृतहरुले सांसदहरुबाटै प्रहरीको मनोबल गिराउने काम भएको भन्दै गुनासो गरेका छन् । ‘पछिल्लो समयमा संसद् र संसदीय समितिमा जुन रुपमा प्रहरीबारे अभिव्यक्ति आइरहेका छन्, त्यसले […]