दैलेखको हँसिया प्रहार घटना घाइते तीन जनाको हेलिकप्टरबाट उद्धार

  ।   २३ कार्तिक २०८३, आईतवार १८:१३

दैलेखको ठाटीकाँध गाउँपालिका-४ धनकोटमा आज बिहाना हँसिया प्रहारबाट घाइते भएकामध्ये तीन जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि सुर्खेत ल्याइएको छ।

आइतबार बिहान करिब ५ बजे स्थानीय करिब ३७ वर्षीय बमबहादुर रावतले छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा पुगेर परिवारका सदस्यहरूमाथि हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट ४५ वर्षीय बिमा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेख डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

घटनामा घाइते भएका २५ वर्षकी महेसरा पुन, २० वर्षकी लक्ष्मी पुन, २३ वर्षीया तिला पुन मगर र एक तीन महिने शिशु घाइते छन् । उनीहरुको तीनै जनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

आक्रमण गर्ने आरोपित स्थानीय ३६ वर्षीय बमबहादुर रावतलाई प्रहरी चौकी ठाँटीकाँधकाले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक सरोज कँडेलको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिसकेको डीएसपी विकले बताए।