परदेशमा रहेका नेपाली चेलीबेटीहरूले परिवारबाट टाढा भए पनि आफन्त र साथीभाइको जमघटमा भाइटीका मनाउने भएका छन् । जापानको टोकियोमा अध्यानरत कैलाली कर्णाली चिसापानीकी दिक्क्षानि शाहीले कात्तिक २५ गते बुधबार भाइटीकाको दिन बिदा लिइसकेकी छन् । उनी आफ्नो कलेजको पढाइ पछी टोकियो स्थित सुशिरो पसलमा बिगत तिन वर्ष देखि काम गर्ने गर्दछिन । ‘मैले २५ गते भाइटीकाको दिन बिदामा बस्ने गरी सुपरभाइजरबाट अनुमति लिइसकेको छु,’ बिगत ३ वर्षदेखि त्यस पसलमा कार्यरत शाहीले भनिन्, आफ्ना नाता पर्ने ‘दाजुभाइ यतै छन् । उनीहरूले पनि त बिदा लिइसकेका छन् शाहीले भनिन ।
‘गाउँका धेरै दाजुभाइ पनि छन् । धेरैले बहिनि टीका लगाउनुपर्छ भनेका छन्, यो पटक गाउका धेरै दाजुभाई यतैछन उनले भनिन्, नेपालमा रहेको कान्छो भाइ सम्राट शाही र कोरियामा अध्यानरत भाइ दिवसलाइ धेरै मिस गरेको छु अलि भाबुक हुदै उनले भनिन . ‘गत वर्ष पनि यसैगरी दादाहरु जुम्लाको ठुलो मम्मिको छोरा सन्दिप शाही गाउकै ठुलो बुवाको छोरा भिम बहादुर शाही लगाएतका आफ्ना दाजुभाइलाई टीका लगाउने अवसर प्राप्त भएको थियो । यो पटक पनि पूरा हुँदै छ उनले भनिन । दुवै दाजुभाई बिगत ९ वर्ष देखि जापानमै रहदै आइरहेका छन् |



