कर्णाली लगायतका यी प्रदेशमा भारी वर्षाको सम्भावना

  ।   २४ श्रावण २०८३, आईतवार ०८:२८

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेस साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशको हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

मधेस र कर्णाली प्रदेशको पहाडी भूभाग तथा बागमती प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सूदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग साथै बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Next Post

खोलामा बगेका युवकको सकुशल उद्दार

२४ श्रावण २०८३, आईतवार ०८:२८
कैलालीको मोहन्याल गाउँपालिका– ७ को पितमारी खोलामा मोटरसाइकलसहित खोलामा बगेका एक जनाको सकुशल उद्दार गरिएको छ । शुक्रवार राति सुर्खेतबाट आफ्नो घर आउदै गरेका बर्दगोरिया गाउँपालिका–२ बस्ने ३९ वर्षीय लौटन चौधरीको सकुशल उद्दार गरिएको इलाका प्रहरी कार्यालय चिसापानिले जनाएको छ । चौधरी घर फर्किने क्रममा शुक्रवार राति करीब साढे ९ […]

सम्बन्धित