बादलको क्षेत्रमा ३५ दिनभित्र उपचुनाव हुने

  ।   ५ बैशाख २०७८, आईतवार १४:३५

एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ को  राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख छ।

‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ’ राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए ।

उनी २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही अनुसार आजै संसद सचिवालयले बादलको पद रिक्त भएको सूचना जारी गरेको छ।

Next Post

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्दैन : देउवा

५ बैशाख २०७८, आईतवार १४:३५
काठमाण्डौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताएका छन्। आइतबार नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक सास्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ लोकार्पण गर्दै सभापति देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन […]