औसधि ब्यबसायी संघ दैलेखको जिल्ला शाखा गठन, अध्यक्षमा मल्ल, महासचिवमा अमृत प्याकुरेल

  ।   ४ पुष २०७७, शनिबार १८:२७

 

पौष ४ दैलेख ।

नेपाल औसधि ब्यबसायी संघ दैलेखको प्रथम जिल्ला शाखा स्थापना तथा घोषणा सभा सम्पन्न भएको छ । संघको बिधान २०३० र संशोधित बिधान २०७५ बमोजिम देशका ७७ वटै जिल्लामा जिल्लास्तरीय तथा ७ वटै प्रदेशमा प्रदेशस्तरिय शाखा स्थापना गर्ने  उद्देश्यका साथ शनिबार दैलेख जिल्लामा पनि उक्त शाखा गठन गरिएको हो।

यामबहादुर मल्लको अध्यक्षतामा गठित उक्त शाखाको उपाध्यक्षमा भुवन बहादुर खड्का, महासचिवमा अमृतबहादुर प्याकुरेल, कोषाध्यक्षमा कपिल खनाल, सचिबमा इन्द्र केसी र सह कोषाध्यक्षमा डिल कु अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा रुद्रबहादुर खड्का, जिबानन्द मेहता, शेरबहादुर भारती र मनोनीत सदस्यमा रामबहादुर थापा रहेको बताइएको छ ।

नेपाल औसधि ब्यबसायी संघ भेरी अञ्चलका अध्यक्ष अभयकुमार बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापा रहेको नवगठित शाखाका महासचिव अमृतबहादुर प्याकुरेलले जानकारी दिएका छन् ।

थप तस्वीरहरु …

Next Post

रुकुम पश्चिममा १४ हजार बढी बेरोजगार सूचीकृत

४ पुष २०७७, शनिबार १८:२७
मनोज डाँगी  रुकुम पश्चिम, ४ पौष । रुकुम पश्चिममा १४ हजार बढी बेरोजगार सूचीकृत भएका छन् । पालिकामा रोजगारी माग गर्दै १४ हजार २ सय ६६ जनाले फारम भरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम र नगर प्रमुख रोजगार कार्यक्रममा जोडिन उनीहरुले नाम दर्ता गराएका छन् । रुकुम […]