डोल्पाको विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

  ।   ८ आश्विन २०८३, बिहीबार ०९:४४

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा पुगेको थियो | बिमानस्थलमा  अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार जहाज अवतरणका क्रममा पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि दुर्घटना भएको हो। चक्का खुस्किएपछि जहाज केही पर उछिट्टिएको प्रहरीले जनाएको छ।
पाइलटले तत्काल इन्जिन बन्द गरेपछि आगलागीबाट जहाज जोगिएको छ।

जहाजमा ७ विदेशी र ६ नेपाली गरी जम्मा १३ जना यात्रु (११ पुरुष, २ महिला) सवार रहेकाे प्रहरी  कार्यालयले जनाएको  छ ।  सबै यात्रु तथा चालक दलका सदस्यहरू पूर्ण रूपमा सकुशल छन भने जहाजमा अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

 

 

Next Post

तीन दिन देशभर झरी, केही क्षेत्रमा अति भारी वर्षाको चेतावानी

८ आश्विन २०८३, बिहीबार ०९:४४
मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न प्रदेशमा पानी परिरहेको छ । नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ । […]