बिष्णु कुमार शाही
बिहिबार बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडीका चालक तुलाराम सुवेदी र सहचालक रामु सुवेदी दाजुभाइ रहेको जानकारी प्राप्त भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी यी दाजुभाइले ऋण लिएर आफ्नै गाडी सञ्चालन गर्दै आई रहेका थिए . ऋण लिएर फोर्स गाडी संचालन गरिरहेका यी गाजुभैले यसैको कमाइ बाट सम्विपुण घर खर्च चलाई रहेका थिए . यसै बाट जीविकोर्पाजन गरिरहेका दाजुभाइको दुर्भाग्यवश, उनीहरू सवार गाडी १४ यात्रुसहित कर्णाली नदीमा खसेको छ, र हालसम्म उनीहरूको अवस्था बारे खुलेको छैन।
बिहीबार बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेत बसपार्कबाट बिहीबार बिहान ८ बजे छुटेको गाडीमा बसपार्कबाट ५ जना यात्रुहरू चढेका थिए । ‘बाटोमा पनि केही यात्रु चढेको जानकारी पाइयोको र हालसम्म जानकारीमा आए अनुसार सो फोर्स गाडीमा १४ जना यात्रु रहेको हुन सक्ने जनाएको छ . गाडी नदीमा डुबेको अवस्थामा छ । उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर टोलि नेपाल प्रहरी शसस्त्र प्रहरिलगाएत स्थानीहरुले खोजीकार्यलाई तिब्रता दिए पनि कर्णालीमा पानीको बहाब बढेका कारण खोजि कार्यमा समस्या देखिएको हो . आज शुक्रवार पनि खोजि कार्य जारि रहने बताइएको छ |
तस्बिर भुपेन्द्र शाहीको फेसबुक प्रोफाइल बाट
