दैलेखको पश्चिममा रहेको ठाटीकाँध गाउँपालिका—४, धनकोटमा आइतबार बिहान एक जना व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार हसिया प्रहार गरेको घटनामा घाइते भएकी बीमा पुनमगरको मृत्यु भएको छ ।
सोही ठाउँका स्थानीय अन्दाजी ३६–३७ वर्षीय बमबहादुर रावलले बिहान सुतिरहेका बेला आएर एक्कासि अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए ।
प्रहरीले धारिलो हतियार प्रहार गर्ने रावललाई नियन्त्रणमा लिइसकेको छ ।
सोही ठाउँका स्थानीय अन्दाजी ३६–३७ वर्षीय बमबहादुर रावलले बिहान सुतिरहेका बेला आएर एक्कासि अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बीमाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।
उनका अनुसार, बाँकी ४ जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रबहादुरकी २५ वर्षीया भाइ बुहारी महेसरा पुन तथा छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुनमगर घाइते भएका छन् ।
तिलाको बिहे कालिकोट भएको थियो । उनी माइतीघरमा नाबालक छोरीसहित बसेकी थिइन् । रावलले उनका ४ महिनाका छोरीमाथि पनि हतियार प्रहार गरे
‘महेसराको दुवै हत्केला छिनेको अवस्था छ,’ घटनास्थलमा पुगेका वडाध्यक्ष कठायतले भने । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा ल्याइएको छ । त्यहाँ सामान्य उपचार भए पनि गम्भीर खालको उपचार हुँदैन ।
हेलिकप्टरबाट सुर्खेत ल्याउने तयारी रहे पनि प्रक्रियागत समस्याले ढिलाइ भएको हाल प्राथमिक स्वास्थ्य केन्द्रमै रहेका सुशील रावतले बताए ।
प्रहरीले धारिलो हतियार प्रहार गर्ने रावललाई नियन्त्रणमा लिइसकेको छ । वडाध्यक्ष कठायतका अनुसार, बिहान सुतिरहेका बेला एक्कासि आएर रावलले मगर परिवारलाई हँसिया प्रहार गरेका थिए ।
‘खासै झै झगडा पनि थिएन, मिलेरै बसेको समाज हो भन्छन्, यहाँ,’ उनले भने ‘बमबहादुरको मानसिक अवस्था खासै राम्रो नभएको भनिएको छ । त्यो अनुसन्धानबाट खुल्ला ।
’
