अनुसन्धान गर्दै एसएसपी नेतृत्वको समितिले निर्मला पन्तको हत्याबारे

  ।   १८ असार २०८३, बिहीबार ०९:००

कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ मा हत्या भएको थियो। घटना भएको ८ वर्ष पुरा हुँदै गर्दा प्रहरी प्रधान कार्यालयले त्यसबारे अनुसन्धान गर्न फेरी उच्चस्तरको समिति गठन गरेको छ . निर्मला पन्तको बलात्कार पछी हत्या भएको ८ वर्ष पुरा हुँदै छ।

प्रहरी प्रमुख आईपी  दानबहादुर कार्कीले अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेका हुन्। यसअघि गठन भएका समितिहरूले नतिजा दिन सकेका थिएनन्।

१३ बर्षिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले यसअघि डीएनए जाँचलाई मुख्य ‘अनुसन्धान विधि’को रूपमा प्रयोग गरेको थियो। अहिलेसम्म १२३ जना भन्दा धेरै शंकितहरुको डीएनए परीक्षण गरिएको छ। तर, डिएनए म्याच नहुँदा अनुसन्धानको नतिजा आएको छैन।

अनुसन्धानलाई निरन्तरता दिन एसएसपी पंगेनीको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए। उनले भने, ‘समितिले काम गरिरहेको छ।’ पंगेनी नेतृत्वको समितिमा आईजीपीको सचिवालयमा कार्यरत डीएसपी हरि खतिवडा र सीआईबीका एकजना इन्स्पेक्टर सहितका अधिकृतहरू छन्। सीआईबीले यसअघि पनि लामो समय निर्मला पन्तबारे अनुसन्धान गरेको थियो। प्रहरी प्रधान कार्यालयले अनुसन्धान समितिका सदस्यहरूलाई कञ्चनपुरमा पठाए र अनुसन्धान गरिरहेको छ।

Next Post

दैलेखमा फोर्स गाडी दुर्घटना एक जनाको मृत्यु, ब्यपात्ताको खोजीकार्य जारी

१८ असार २०८३, बिहीबार ०९:००
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ सांगेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना  हुँदा  भिरा बाट एक जनाको शब् निकालिएको छ भने अन्ने ब्यपत्ता यात्रुहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ प्रहरीका अनुसार भीरमा अड्किएको एउटा शव निकालिएको हो । यसअघि प्रहरीले १ जना यात्रु अचेत अवस्थामा भेटिएको […]