दैलेखमा फोर्स गाडी दुर्घटना एक जनाको मृत्यु, ब्यपात्ताको खोजीकार्य जारी

  ।   १८ असार २०८३, बिहीबार १५:३९

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ सांगेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना  हुँदा  भिरा बाट एक जनाको शब् निकालिएको छ भने अन्ने ब्यपत्ता यात्रुहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ प्रहरीका अनुसार भीरमा अड्किएको एउटा शव निकालिएको हो । यसअघि प्रहरीले १ जना यात्रु अचेत अवस्थामा भेटिएको जनाएको थियो ।

बिहीबार बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट तल कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार सुर्खेत बसपार्कबाट बिहीबार बिहान ८ बजे छुटेको गाडीमा बसपार्कबाट ५ जना यात्रुहरू चढेका थिए । ‘बाटोमा पनि केही यात्रु चढेको जानकारी पाइयो,’ उनले भने, ‘गाडी नदीमा डुबेको अवस्थामा छ । उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोरलाई पनि खबर गरेका छौं उनले भने |

Next Post

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

१८ असार २०८३, बिहीबार १५:३९
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको सरुवा गर्नेदेखि लिएर विभिन्न नयाँ नियुक्ति, विधेयक स्वीकृति र नियमावली परिमार्जन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णयहरू: अर्थ मन्त्रालय: ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न […]