बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले तत्काल ५ लाख र ६ महिनासम्म आधा तलब दिने

  ।   १ आश्विन २०८३, बिहीबार १८:३१

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका नेपाल विद्युत प्राधिकरणले तात्कालीन राहत प्याकेजको घोषणा गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारीरकामदारहरुको आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जिवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए।

उनकाअनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रति कर्मचारीरकामदार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाको लागि बेपत्ता भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको शुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराउने निर्णय भएको छ।

बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता भएका कर्मचारी र कामदारको परिवार सरकारको जिम्मेवारी भएको बताए। हामी एउटै परिवार हो। यो पैसाले यत्रो ठूलो दुःखको घाउ त निको पार्दैन, तर मल्हम लाउने काम गरोस्,’ उनले भने।

बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरु बेपत्ता छन्।प्राधिकरणअन्तर्गतमात्रै ४७ जना कर्मचारी र कामदारको वेपत्ता छन्।

Next Post

विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर पूर्व अध्यक्षले मनाए आफ्नो जन्म दिन

१ आश्विन २०८३, बिहीबार १८:३१
बिद्यालयको ब्यबस्थापन समितिको  अध्यक्षको दुइ कार्यकाल पुरा गरेका नेपाल राष्ट्रिय कर्णाली मावि चिसापानी बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष भक्तबहादुर जीसीले करिब ४१ हजार पाच सय बराबारको शैक्षिक सामाग्री विद्यालयहरुलाई हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाएका छन् | जन्मदिनको अवसरमा लम्कीचुहा नगरपालिका–३ चिसापानी निवासी नेपाल राष्ट्रिय कर्णाली माविका निवर्तमान बिद्यालय ब्यबस्थापन समितिका […]