नदीमा डुबेर दुई जना युवतीको मृत्यु

  ।   १० जेष्ठ २०८०, बुधबार १४:२०

जेठ-१०, नेपालगञ्ज । बाँकेको राप्ती नदीमा डुबेर दुई जना युवतीको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती नदीको सिधानियाघाटमा वनभोज खान गएका कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत आउँदै

१० जेष्ठ २०८०, बुधबार १४:२०
जेठ-१३, सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत वीरेन्द्रनगरको घण्टाघरमा हुने अभिनन्दन कार्यक्रममा आउने भएका छन् । उनलाई आज दिउँसो १ बजे घण्टाघरकोे मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । पूर्वराजा शाहले कार्यक्रममा सम्बोधन पनि गर्ने भएका छन् । उनको स्वागतका लागि सुर्खेत […]