पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत आउँदै

  ।   १३ जेष्ठ २०८०, शनिबार ०६:४६

जेठ-१३, सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत वीरेन्द्रनगरको घण्टाघरमा हुने अभिनन्दन कार्यक्रममा आउने भएका छन् । उनलाई आज दिउँसो १ बजे घण्टाघरकोे मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए ।

पूर्वराजा शाहले कार्यक्रममा सम्बोधन पनि गर्ने भएका छन् । उनको स्वागतका लागि सुर्खेत विमानस्थलदेखि कार्यक्रमस्थलसम्म नेपालको झण्डा, र शाहको तस्बिर र स्वागतद्वारले सजाइएको छ ।

Next Post

संघीयताप्रतिकूल नीति तथा कार्यक्रम

१३ जेष्ठ २०८०, शनिबार ०६:४६
लेखक : खिमलाल देवकोटा । तलका सरकारहरूले कसरी काम गरेका छन्, कर्मचारीको अवस्था कस्तो छ, जनताले सेवा कसरी पाइरहेका छन्, वडातहहरू कत्तिको प्रभावकारी छन् भन्नेबारे संघीय सरकार बेखबरजस्तै छ । यही जेठ १५ मा सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै छ । नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त […]