सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चामा श्रीमानले फरुवा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। मंगलबार बिहान करिब १०ः२० बजे ३२ वर्षीय गोपीराम जैसीले आफ्नै घरमा ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीमाथि फरुवा प्रहार गरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गोपीरामले श्रीमतीको टाउकोमा फरुवा प्रहार गरेका थिए।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको कमाण्डमा चार जनाको टोली घटनास्थलमा पुगेको थियो।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा सात जनाको टोलीसमेत घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए।
फरुवा प्रहार गर्ने गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
