बिद्यालयको ब्यबस्थापन समितिको अध्यक्षको दुइ कार्यकाल पुरा गरेका नेपाल राष्ट्रिय कर्णाली मावि चिसापानी बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष भक्तबहादुर जीसीले करिब ४१ हजार पाच सय बराबारको शैक्षिक सामाग्री विद्यालयहरुलाई हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाएका छन् |
जन्मदिनको अवसरमा लम्कीचुहा नगरपालिका–३ चिसापानी निवासी नेपाल राष्ट्रिय कर्णाली माविका निवर्तमान बिद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष , समाजसेवी भक्तबहादुर जीसीले लम्कीचुहा नगरपालिका–३ मा रहेका ३ वटा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् |
आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्रीसहित विद्यालयमा उपस्थित भई विद्यालयलाई जिसीले जिवनदिप आधारभूत बिद्यालय बल्चौरका प्रअ दिनेश चौधरी , नेपाल राष्ट्रिय कर्णाली माविका चिसापनिका सहायक प्रअ मार्कंडे उपाध्याय र राष्ट्रिय माध्यामिक बिद्यालय ब्यबस्थितनगरका प्रअ बद्रि जोसिलाई उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् |
बिद्यालयमा अध्यानरत गरिब तथा जेहान्दार विद्यार्थीलाई थोरै भए पनि सयोग होस भन्ने हेतुले मैले विद्यालयलाई सानो सहयोग गरेको हु हस्तान्तरण पछी उनले कर्णाली प्लसलाई बताए |

