बाँकेलाई तत्काल ‘पब्लिक हेल्थ इमर्जेन्सी ’ घोषणा गर्नुपर्छ : अध्यक्ष न्यौपाने

  ।   २७ बैशाख २०७८, सोमबार २०:०८

नेपालगन्ज ।

बाँके कोरोना संक्रमणको उच्च जोखिममा छ । यहाँका हरेक घर, टोल, समाज र गाउँ कोरोनामय छन् । कोरोना रोकथाम तथा नागरिकलाई रोगबाट बचाउनका लागि अब बाँकेलाई तत्काल ‘पब्लिक हेल्थ इमर्जेन्सी ’ घोषणा गर्नुपर्ने देखिएको छ ।

कोरोना कहर र मिडियाको भूमिका बिषयक एक संवादमा अनलाइन पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष कमल न्यौपानेले बाँके कोरोनाका कारण तहसनहस भैसकेको कारण तत्काल ‘पब्लिक हेल्थ इमर्जेन्सी ’ घोषणा गर्नुपर्ने बताएका छन्।

उनले बाँकेस्थित जिल्ला कोरोना विपद व्यवस्थापन समिति, बाँके सिडिओ, स्थानीयसँगै प्रदेश तथा संघीय जनप्रतिनिधीलाई सुझाव दिँदैं ‘पब्लिक हेल्थ इमर्जेन्सी ’ घोषणा नै अबको विकल्प भएको बताएका हुन् ।

सेतोखरी मिडिया प्रालीका प्रधान-सम्पादक समेत रहेका संघका अध्यक्ष न्यौपानेले अति संवेदनशिल यो अबस्थामा व्यक्तिगत स्वार्थका पछि नलागी आम बाँकेबासीको हितका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताए।

संवादमा अध्यक्ष न्यौपानेले भौकाल मच्चाउने नाममा विभिन्न अनलाइनमा भ्रमपूर्ण समाचार प्रकाशित भएको स्वास्थ्यकर्मीबाट गुनासो आएकाले अनलाइन मिडियाले यस्तो समाचर तत्काल रोक्न र कोरोना रोकथामका लागि स्वास्थ्यकर्मीको मनोबल अभिबृद्धि हुने खालका समाचार सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् ।

अहिले पानदेखि जुत्ताचप्पल हुँदै खुद्रा पसलमा समेत मास्क, सेनिटाइजर लगायतका बस्तुको विक्रि वितरण भैरहेको छ । दुईदेखि पाँच रूपैयाँमा पाउने मास्कको मुल्य छोइनसक्नु छ । त्यसैले बजार अनुगमनमा पनि तत्काल ध्यान दिन जरूरी देखिएको संवादमा सहभागी सन्चारकर्मी र नागरिक समाजका अगुवाहरूले बताएका छन ।

बाँकेमा कोरोना भाइरसले तहल्का मच्चाइरहेको छ । समग्र बाँके हटस्पट बनिसकेको छ । बाँके प्रशासनले नेपालगन्जमा मात्रै लकडाउन गरेको छ । सात वटा स्थानीय तह खुल्लै छन । भारतबाट नेपाल आउने नागरिकको सीमामा प्रत्येक दिन उत्तिकै भीड छ ।

सीमा सिल गरिएको छैन । यसबारे बाँके सिडिओ शिवराम गेलाल लगायत सम्बन्धीत निकाय उदासीन रहेको र । नागरिकहरु संक्रमणको जोखिम खेपी रहेको सहभागीले बताएका छन् ।

Next Post

सेतोखरी मिडियाद्वारा पत्रकार महासंघलाई सहयाेग

२७ बैशाख २०७८, सोमबार २०:०८
नेपालगन्ज । बाँकेकाे नेपालगन्जबाट सन्चालित सेताेखरि मिडिया प्रालिले नेपाल पत्रकार महासंघ बाँके शाखालाई सहयाेग गर्ने घाेषणाा गरेकाे छ । शाखाले काेराेनाका विरामिलाई सहजताका लागि एम्बुलेन्स खरिद गर्ने याेजना अघि सारेपछि सेताेखरिले सबैभन्दा पहिला यसका लागि सहयाेगको घाेषणाा गरेकाे हाे। सेताेखरिले साे एम्बुलेन्स खरिदका लागि १ हजार १ रुपैया सहयाेग गर्ने […]