
सल्यान ,१७ असोज ।
सल्यानमा एक महिलाको शंकास्पद अवस्थामा शव फेला परेको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ गैरी बस्ने ५४ बर्षिया रामकली खत्रीको शव फेला परेको हो । शनिबार साँझ साढे ४ बजे तिर माइतीघर बागचौर नगरपालिका वडा नम्बर २ कै ज्यूला जान हिँडेकि उनको घरदेखि झन्डै २ किमि टाढा, माइतीघर भन्दा झन्डै ८ सय मिटर नजिक ठाँटिचौरको कच्ची सडकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिए ।
कच्ची सडकको बाँया भागमा कोल्टे परेको अवस्थामा बिहान मात्रै शव फेला परेको उनको भनाइ छ । घटना बारे थप अनुसन्धान गर्न नेपालगन्जबाट कुकुर सहितको टोलि सल्यान आउदै गरेको उनले बताए । `घटना शंकास्पद छ, हामीले शव भएको स्थानलाइ सुरक्षित गरेर राखेका छौ, नेपालगन्जबाट अनुसन्धानको लागि कुकुर सहितको टोलि आउदै छ, त्यसपछि घटना बारे थप अनुसन्धान हुन्छ´ उनले भने ।#salyantoday.com

