बिष्णु कुमार शाही
सुदुरपश्चिम प्रदेशको प्रबेस द्रारको रुपमा रहेको कर्णाली चिसापानीमा प्रदेश मै पहिलो एयानपिआर क्यामरा जडान गरिएको छ | प्रदेश सरकारको सहयोग र वडा अधक्षको पहलमा उक्त एयानपिआर क्यामरा जडान गरिएको हो |
पूर्व पश्चिमा राजमार्ग भएका कारण दैनिक हजारौ गाडीहरु वोहोर दोहोर गर्ने भएकाले कुनै दुर्घटना भए गाडी नम्बर र दोसिलाई पहिचान गर्न गारो हुने गरेको र यो क्यामराको जडान पछी गाडीहरु पैचान गर्न सहज हुने भएको छ |
कुनै दुर्घटना चोरी वा कुनै अपराध भए दोसी पहिचान गर्न गारो हुने गरेको थियो यो क्यामरा जडान भए पछी सहज हुने इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक मिरा खड्काले बताउनु भयो | पूर्व पश्चिमा राजमार्ग भएकाले याहा दैनिक हजारौ गाडीहरु वोहोर दोहोर गर्छन हामीलाई गादिनाम्बर देहिलिएर मानिसहरु पहिचान गर्न गारो हुने गर्दथ्यो र पहिचान गर्न समय लाग्ने गरेको र अब यो क्यामराले सहज र दोषीलाई छिट्टै पहिचान गर्न मदत गर्ने पनि बताउनु भयो | सवारी दुर्घटना देखि लिएर चोरीका घटना गाडी चोरीका घटना र अन्ने अपराधका घटनाहरु नि पहिचान गर्न सहज हुने उहाले बताउनु भयो |
यस्तै लम्की चुहा नगरपालिका वडा न ३ का वडा अध्यक्ष लब बहादुर शाहीले आफुले बिगत दुइ टिन वर्ष बेखी माग गरिरहेको र अहिले आयर पुरा भएको बताउदै अब यो क्षेत्रमा हुने दुर्घटना मात्र होइन अपराधका गतिविधिहरुमा नि अनुसन्धान गर्न सहज हुने बताउनु भयो | म प्रदेश सरकारलाई धन्यवाद दिन चाहान्छु मेरो मागलाई पुरा गरि दिएकोमा उहाले भन्नु भयो | यो क्षेत्रमा हुने गरेका दुर्घटना चोरीका घटना देखि लिएर कुनै पनि अपराधका गतिबिद्गीहरु सहजै पहिचान हुनेमा बिश्वास रहेको बताउनु भयो |
