श्रीमतीको हत्या आरोपमा झापामा श्रीमान पक्राउ

  ।   २६ आश्विन २०७७, सोमबार ०९:४०

असाेज २६, झापा ।

झापा कमल गाउँपालिका २ त्रिबेणी चाेकमा श्रीमानले आफ्नै श्रीमतिकाे हत्या गरेकाे आराेपमा ३४ बर्षका रामजी थापालाई प्रहरीले पक्राउ गरेकाेछ ।

श्रीमती २४ बर्षीय सीता थापालाई हिजाे साँझ ६ बजे तिर घरयासी बिषयमा बादबिबाद हुँदा धारिलाे खुकुरी प्रयाेग गरि घाटीमा प्रहार गरेर हत्या गरेका थिए । घटना थाहा पाउने बितिकै ताेपगाच्छीबाट खटिएका प्रहरीले घटना स्थलबाटै रामजी थापालाई तत्कालै पक्राउ गरिएकाे झापा प्रहरी प्रबक्ता राकेश थापाले बताए ।

रामजी एक महिना अघि मात्र बैदेशिक राेजगारबाट घर फर्किएका थिए । हत्यारा उपर कर्तव्य ज्यानमुद्दामा कानुनी प्रक्रिया शुरु गरेकाे जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाे छ ।

Next Post

प्रमुख सचेतकबाट शाह पदमुक्त, नेपाली नियूक्त

२६ आश्विन २०७७, सोमबार ०९:४०
असोज २६, सुर्खेत । नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतक रहेका सांसद गुलावजंग शाहलाई पदबाट हटाईएको छ । कर्णाली प्रदेश प्रदेश सभा दल नेता महेन्द्रबहादुर शाहीले कामकारवाही सन्तोषजनक नभएकाले हटाईएको जिम्मेवारीबाट हटाईएको पत्रमा उल्लेख गरेका छन् । त्यस्तै प्रमुख सचेतकमा […]