लोकसेवाले स्थगित गर्‍यो परिक्षा

  ।   ३ कार्तिक २०७७, सोमबार १४:४८

कात्तिक ३, काठमाडौं ।

लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

परिक्षा सञ्चालनको लागि खटाइने जनशक्ति र परिक्षामा सहभागी हुने परिक्षार्थीहरुको ब्यबस्थापनमा समेत कोरोनाका कारण समस्या पर्ने देखिएकोले तत्कालको लागि सबै परिक्षाहरु स्थगित गरिएको जनाइएको छ ।

Next Post

बालबालिकालाई दशै पोशाक बितरण

३ कार्तिक २०७७, सोमबार १४:४८
रुकुम पश्चिम कार्तिक ३ मनोज डाँगी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको सिस्ने हिमाल बालगृहका असहाय बालबालिकालाई आज दशैँ पोषाक बितरण गरिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ घर भई हाल अमेरीकामा रहनुभएकी समाजसेबी जयन्ती थापाको आर्थीक सहयोगमा उक्त बालगृहका बालबालिकालाई दशैँ पोषाक बितरण गरिएको हो । बालगृहमा रहेका […]