श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु

  ।   २ आश्विन २०८३, शुक्रबार २१:००

नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका–३, चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार चिसापानी निवासी अन्दाजी ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती अन्दाजी ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए।
खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि SOCO अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शेरबहादुर विकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
घटनाको कारणबारे भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

नेशनल लाईफ इन्स्योरेन्समा प्रेम विसी भए, नेपाल प्रथम

२ आश्विन २०८३, शुक्रबार २१:००
कर्णाली प्रदेशबाट प्रेमकुमार बीसी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८२÷०८३ को सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम भएका छन् । भैरहवामा आयोजित कम्पनीको कार्यक्रममा बीसीलाई सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम घोषणा गरिएको हो । एक वर्षको अवधिमा ५ करोड ८ लाख रुपैयाँ बराबरको प्रिमियम व्यवसाय गर्दै उक्त सफलता हासिल गरेका हुन् […]

सम्बन्धित