तीन दिन देशभर झरी, केही क्षेत्रमा अति भारी वर्षाको चेतावानी

  ।   ८ आश्विन २०८३, बिहीबार ०९:५५

मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न प्रदेशमा पानी परिरहेको छ । नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ ।

यो प्रणाली सुरुमा गहिरो न्यूनचापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, मधेश र बागमती प्रदेशमा धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा पाल्पाको बल्ढेङगढीमा सबैभन्दा बढी १६२.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै अर्घाखाँचीको सिमलपानीआसपासमा १३८ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा १२९ मिलिमिटर, दाङको कोइलाबास क्षेत्रमा ८४ मिलिमिटर, रुपन्देहीको सैनामैना क्षेत्रमा ८३ मिलिमिटर, तनहुँको खैरेनीटार आसपास ८५ मिलिमिटर वर्षा भएको छ ।

यस्तो ३ दिनको मौसम पूर्वानुमान

बिहीबार

दिउँसोः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको अधिकांश स्थान, सुदूरपश्चिम प्रदेशको तराई भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

रातिः देशभर अधिकांश बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

शुक्रबार

दिउँसोः देशभर अधिकांश बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भू-भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग, कर्णाली प्रदेशका पहाडी भू-भागका साथै मधेश प्रदेशका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

रातिः देशभर अधिकांश बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा तथा कोशी, र सुदुरपध्चिम प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका र कर्णाली प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा कोशी, मधेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

देशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

शनिबार

दिउँसोः देशभर अधिकांश बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा, तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा, साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

रातिः बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने तथा कोशी र मधेश प्रदेशमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा, तथा कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, साथै मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

कान्तिपुर बाट साभार

Next Post

बाँकेको कोहलपुरमा एक होटलबाट अनलाइन सट्टेबाजीमा संलग्न ४८ जना पक्राउ

८ आश्विन २०८३, बिहीबार ०९:५५
बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा जिल्ला प्रहरी कार्यालय बाँकेले अनलाइन सट्टेबाजीमा संलग्नलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको छापाका क्रममा मंगलबार राति करिब ४२ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा करिब ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन् । उनीहरूमाथि […]