कर्णालिमा कोरोनाका कारण तेह्रौं ब्यक्तिको मृत्यु

  ।   १ कार्तिक २०७७, शनिबार १५:२६

कार्तिक १, सुर्खेत । 

कर्णाली प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । बिरेन्द्रनगर नगरपालिका-९, सुर्खेत निवासी ४२ बर्षिय एक पुरुषको आज मृत्यु भएसङ्गै यहाँ मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

गत १० दिनदेखी रुघाखोकी, ज्वरो र टाइफाइड का कारण बिरामी उनलाई स्थानीय मेडिकलमा उपचार गर्दा निको नभएपछी प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गरिदापनी अन्ततः आज बिहान उनको मृत्यु भएको हो । मृतक पुरुषको हिजो पिसिआर जाच गरिएकोमा हिजो नै नतिजा पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यस अघि कर्णाली प्रदेशमा कोरोनाका कारण १२ जनाको मृत्यु भएको र यी पुरुषको मृत्यु सङ्गै कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको पनि सामाजिक बिकास मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

Next Post

सुर्खेतमा दसैं लक्षित निषेधाज्ञा नहुने

१ कार्तिक २०७७, शनिबार १५:२६
कार्तिक १, सुर्खेत । दशैँ लक्षित गरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निषेधाज्ञा नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाले निषेधाज्ञा गर्ने बिषयमा कुनै योजना नरहेको बताएका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना भाइरसको सम्दर्भमा छलफल भएपनि अहिले नै निषेधाज्ञा गर्ने बिषयमा कुनै पनि […]