एसईईको नतिजा साउन १५ भित्र आउने

  ।   ३१ जेष्ठ २०७८, सोमबार ०७:२६

काठमाडौं, जेठ ३१ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ ।

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।

बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठन-पाठन सुरु हुने जानकारी दिए ।

त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ । त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ । #गोरखापत्र दैनिकबाट

Next Post

कर्णाली प्रदेश सामाजिक बिकास समितिले गर्‍यो स्वास्थ्य सेवा कार्यालय जाजरकोट र राउटे वस्तीको अनुगमन

३१ जेष्ठ २०७८, सोमबार ०७:२६
कर्णाली प्रदेश सरकारको सामाजिक बिकास समितिले जाजरकोटको स्वास्थ्य सेवा कार्यालय तथा राउटे वस्तीको अनुगमन गरेको छ । कर्णाली प्रदेश सभा सदस्य देवी वलीको अध्यक्षतामा रहेको समितिले स्वास्थ्य सेवा कार्यालय जाजरकोटको अनुगमन गरेको हो । विहीवार अध्यक्ष वलीको नेतृत्वमा गएको टोलीले कार्यालयको समग्र अनुगमन गरेको हो । अनुगमनका क्रममा उक्त कार्यालयको […]