बनेपा: बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९८ नम्बरको यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा हालसम्म ७ जनाको मृत्यु भएको छ । घटनामा धेरै यात्रु हताहत भएको अनुमान गरिएको छ । दुर्घटनामा ७ जनाको ज्यान गएको र ज्यान गुमाउनेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटना भएको बस अरनिको यातायातको हो । घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको छ ।
प्रहरीका अनुसार १६ जनालाई उद्धार गरी धुलिखेल अस्पतालमा पठाइएको छ । बसमा कति जना चढेका थिए खुल्न सकेको छैन । बस चालकले प्रहरीलाई बताए अनुसार २५ देखि ३० जना यात्रु रहेका प्रारम्भिक विवरण छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
Next Post
बाजुरा–हुम्ला सीमा विवादले कर्णाली करिडोर ठप्प
२९ जेष्ठ २०८३, शुक्रबार १६:२७
बाजुराका स्थानीय युवाहरुले कर्णाली करिडोर बन्द गराएपछि हुम्लाका बासिन्दा भने आन्दोलनमा उत्रिएका छन् । उनीहरू शुक्रबार दिउँसो नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । सीमा विवादलाई लिएर बाजुराको हिमाली गाउँपालिकाको स्थानीय युवाहरुले कर्णाली करिडोरअन्तर्गतको धुलाचौर सडक खण्ड अवरुद्ध गरेको छ । बिहीबार रातिबाट सडक बन्द गरिएपछि हुम्लाबाट बाहिरिने र […]
सम्बन्धित
-
१३ जेष्ठ २०८०, शनिबार ०६:४६
पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत आउँदै
-
९ असार २०८३, मंगलवार २१:३८
रवि लामिछाने सभापतिमा निर्विरोध
-
१५ कार्तिक २०७७, शनिबार ०७:१५
कोरोनाबाट मृत्यु हुनेको तथ्यांक फरक-फरक
-
३१ असार २०८३, बुधबार २१:३३
एमालेसँगको सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि सातै प्रदेशमा राजनीतिक हलचल
-
१५ बैशाख २०७८, बुधबार १३:४७
दैलेखमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु
-
२१ जेष्ठ २०७८, शुक्रबार १५:२९
जसपामा महन्थ ठाकुर पक्षले टुङ्ग्यायो मन्त्रीको नाम
