बिष्णु कुमार शाही
नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै सातै प्रदेशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।
कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने वा नयाँ सत्ता समीकरण मार्फत अघि बढ्ने भन्ने विषयमा आन्तरिक छलफल सुरु गरेको छ ।
कांग्रेसले प्रदेश सरकारहरूमा एमालेले देखाएको व्यवहार सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै सातै प्रदेशबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो |
नेपाली कांग्रेसले सत्ता समिकरणमा रहेका कर्णाली प्रदेशका आफ्ना चार जना मन्त्रीहरुलाई फिर्ता बोलाइएको छ भने सुदुर पश्चिम प्रदेशमा भने मुख्य मन्त्रि रहेका कमल बहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् . बर्खास्त पछी एमाले सुदुर पश्चिमले आफ्नो नेपाली काँग्रेशलाइ दिएको समर्थन फिता लिएको जनाएको छ |
यस्तै उता नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले एमालेसँगको सहकार्य अन्त्य हुने निश्चित भइसकेकाले अब सरकारको नेतृत्व गर्ने, नयाँ समीकरण बनाउने वा प्रतिपक्षमा बस्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताए । उनले आवश्यक परे भोलि बिहान हुने विस्तृत बैठकपछि कांग्रेसका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुन सक्ने मन्त्रीहरुलाई जानकारी दिएका छन् ।
यस्तै लुम्बिनी, सुदूरपश्चिम र कर्णालीपछि कोशी प्रदेशमा पनि कांग्रेस एमाले गठबन्धन टुट्ने सम्भावना देखिएको छ। कांग्रेस–एमाले खटपटपछि गठबन्धन धरापमा परेका कारण कोशीमा पनि गठबन्धन टुट्ने सम्भावना देखिएको नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले बताए।
उनले केन्द्रमा छलफल भइरहेका कारण आजै बेलुकासम्म निर्णय आउने र कोशीमा पनि कांग्रेसले सरकार छाड्नुपर्ने सम्भावना देखिएको बताए। उनले यसै विषयमा कोशी प्रदेशमा पनि छलफल जारी रहेको जानकारी दिए।
