उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा चन्द्र ढकाल विजयी

  ।   १४ मंसिर २०७७, आईतवार ०७:०९

मंसिर १४, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य संघको उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्यानलसहित मैदानमा उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । शेखर गोल्छापछि महासंघको नेतृत्व अब ढकालले गर्ने निश्चित भएको छ ।

ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रधानले भने एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला– नगरमा ५३ मत पाए ।

महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६३ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा थिए ।

शनिबार सार्वजनिक मतपरिणाम अनुसार एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ निर्वाचित भएका छन् ।  वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् ।

Next Post

बलात्कार घटनालाई गाउँमै मिलाएको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ

१४ मंसिर २०७७, आईतवार ०७:०९
मंसिर १४, बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीको बलात्कार घट्ना गाउँमै मिलाएको आरोपमा वडा अध्यक्षसहित ४ जनालाई प्रहरीले प्रकाउ गरेको छ । सिगास गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष शेरसिंह धामी, सोहि स्थानकै राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई बैतडी प्रहरीले शनीबार साँझ नियन्त्रणमा लिएको हो । […]