बलात्कार घटनालाई गाउँमै मिलाएको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ

  ।   १४ मंसिर २०७७, आईतवार १५:३६

मंसिर १४, बैतडी ।

बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीको बलात्कार घट्ना गाउँमै मिलाएको आरोपमा वडा अध्यक्षसहित ४ जनालाई प्रहरीले प्रकाउ गरेको छ । सिगास गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष शेरसिंह धामी, सोहि स्थानकै राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई बैतडी प्रहरीले शनीबार साँझ नियन्त्रणमा लिएको हो ।

वडा नम्बर ३ का ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए । यसअघि बिहीबार सोहि घट्नामा संलग्न भएको आरोपमा प्रहरीले सोहि ठाउँकै मनोज सिंह धामी र अमर धामीलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बलात्कारको घट्नाका मुख्य आरोपी दिपक सिंह धामी भने फरार रहेको प्रहरीले बताएको छ । उनी केहि समय अघि नै भारत गइसकेका छन् ।

किशोरीमाथि गत जेठमा बलात्कार भएको थियो । असार १४ गते गाउँमै १ तोला सुन किशोरीलाई दिने भन्दै तमसुक बनाएर गाउँमै मिलापत्र गरिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि गत बुधबार घट्ना बाहिर आएको हो ।

Next Post

कांग्रेसले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

१४ मंसिर २०७७, आईतवार १५:३६
मंसिर २०, काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको अभद्र व्यवहार र गिरफ्तारीको विरोध जनाउँदै कांग्रेसको शुक्रबार बसेको पदाधिकारी, पूर्वपदाधिकारीसहितको अनौपचारिक बैठकले सरकारको अलोकतान्त्रिक कदम, भ्रष्ट्राचार, अनियमितता र कोरोना नियन्त्रण तथा रोकथामको […]