कांग्रेसले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

  ।   २० मंसिर २०७७, शनिबार ०७:१४

मंसिर २०, काठमाडौँ ।

प्रमुख प्रतिपक्ष कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको अभद्र व्यवहार र गिरफ्तारीको विरोध जनाउँदै कांग्रेसको शुक्रबार बसेको पदाधिकारी, पूर्वपदाधिकारीसहितको अनौपचारिक बैठकले सरकारको अलोकतान्त्रिक कदम, भ्रष्ट्राचार, अनियमितता र कोरोना नियन्त्रण तथा रोकथामको दिशामा देखाएको गैरजिम्मेवारी लगायतका मुद्दा उठाउँदै विरोध प्रदर्शन गर्ने निर्णय लिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकले तत्काल संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

नेता अर्जुननरसिंह केसीले सरकारले एकपछि अर्को विरोधी विचारधारलाई निषेध र निस्तेज गर्ने काम गर्दै एकदलीय कम्युनिष्ट शासन सत्ता संचालन गर्न खोजेकाले कांग्रेस विरोधमा जान बाध्य भएको बताए । ‘मंसिर २९ गते सांकेतिक रुपमा देशव्यापी विरोध प्रदर्शन हुन्छ’, उनले भने,‘त्यसपछि सरकारका विरुद्ध अरु कडा कदमका कार्यक्रममा पनि जान सकिन्छ ।’

बैठकमा पार्टीको महाधिवेशनको तयारी, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका १६ बुँदे मागका विषयमा समेत छलफल भएको थियो ।

Next Post

आज देशको पहाडी क्षेत्रमा मौसम बदली हुने, केही स्थानमा हल्का वर्षाको सम्भवना

२० मंसिर २०७७, शनिबार ०७:१४
मंसिर २०, काठमाडौ । हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापीय प्रणालीको विकास भएको छ । हाल देशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागहरूको […]