आज देशको पहाडी क्षेत्रमा मौसम बदली हुने, केही स्थानमा हल्का वर्षाको सम्भवना

  ।   २० मंसिर २०७७, शनिबार ०७:२१

मंसिर २०, काठमाडौ ।

हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापीय प्रणालीको विकास भएको छ । हाल देशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । बाँकी स्थानहरुको मौसममा आंशिक बदली हुनेछ । त्यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । बाँकी स्थानहरुको मौसममा आंशिक बदली रहनेछ ।

प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Next Post

हुम्लामा जिप दुर्घटना, ४ जनाको मृत्यु ७ जना घाइते

२० मंसिर २०७७, शनिबार ०७:२१
हुम्ला, २० मंसिर । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने […]

सम्बन्धित