चिसापानी सोल्टा सडक खण्डमा पहिरो खस्दा टिप्पर कर्णाली नदीमा खसेको छ | मानवीय क्षेति भने नभएको चालक र सहचालक भने सकुसल रहेका छन् । कैलाली देखि बाबियाचौर तर्फ इट्टा लगेर जादै गरेको टिप्पर मोहोंन्याल गाउ पालिकाको डङ्डङे खोला र कालो खोलाको बिचमा सुख्खा पहिरो आइ करिब १५० मिटर तल नदि भित्र खसेको हो | खोलामा माथिबाट आएको पैरोले तिप्परलाई कर्णाली नदीमा पुगाएको प्रतक्ष् दर्सिले बताए | बाटोमा सानो पैरोले डीस्टप गरेको थियो चालकले बाटाको छेउतिर बाट लिन खोज्दै थिए सहचालकले झरेर साइड हेर्दै गर्दा माथिबाट ठुलो पैरो आयो चालकले हाम फाले बाच्न सफल भए सहचालकले भने |
बाटोमा आएको ठुलो पैरोका कारण चिसापानी सोल्टा सडक खण्ड अहिले पूर्ण रुपमा बन्द भएको छ | इलाका प्रहरी कार्यालय चिसापानी र शसस्त्र प्रहरी बल ढुडेझारी प्रहरी जवानहरु दुर्घटना स्थल तर्फ खोजी कार्य जारि राखेका छन् | उक्त दुर्घटनाको मोहोंन्याल गाउ पालिकाका उप प्रमुख कमल बहादुर सावदले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत दुख ब्यक्त गरेका छन् |
u

