आज मालिका चतुर्दशी धौलापडामालिका माइको पर्ब

  ।   ११ भाद्र २०८३, बिहीबार ०६:०३

दैलेखको ठाटीकाध गाउपालिका ६ छादाथानमा अबस्थित धौलापडा मालिका माइ पुज्ने पर्ब हो आज दिन |
ठाटीकाध गाउपालिका ६ छादाथानमा रहेको धौलापाडा मालिका माईले भक्तालुहरुको मनोकाक्षा पुरा गर्ने जनबिश्वासा रही आएको छ |
वर्षको एक चोटी मालिका चतुर्दसिका दिनमा मात्र पुजा गरिने यस धौलापडा मालिका माइले सबै भक्तालुहरुको मनोकाक्षा पुरा गर्ने जन बिस्वासका साथ यहा भक्तालुहरुको ठुलो घुइचो लाग्ने गर्दछ |
दुधको मात्रै भोग लाग्ने यस धौलापाडा मालिका माइको पर्वमा टाडा टाडा बाट भक्तालुहरु आउने गर्दछन | यहा सम्म जनविस्वास रहिआएको छ की सन्तान नहुने भक्तालुहरुले सात रात खडरात्रि गरि पुजा आज्ञा गरेमा भगवती माइले सन्तानको बर दिने भन्ने जन विस्वास रहिआएको पाइन्छ स्थानीय समाजसेबी तथा धार्मिक व्यक्ति नारा बहादुर शाहीले कर्णाली प्लसलाई बताए |
धौलापडा माइको त्यहा रहेको गुफामा गुफाको ढुंगाको भित्तामा बोल्लान बोल्लान जस्तो देखिने भगवती माइको तस्बिर रहेको छ भने त्यसैको मुनिमा धुन्गाकै भकारी रहेको देखिन्छ | त्यस भकारीमा भक्तजनहरुले चडाउन ल्याएका सामाग्रीहरु राख्ने गरिन्छ शाहीले भने |
किम्ब दन्ति अनुसार भगवती माइको तस्बिर रहेको गुफामा दुइ तिन सय वर्ष पहिले बिभिन्न पशु पन्छिका स्तनहरूको आकारमा रहेका स्तनहरु बाट दुध आउने गर्दथियो | जब एक घुमन्ते बाबाजी ( जोगी ) धुम्दै फिर्दै त्यस गुफामा पुग्दा उक्त स्तनहरु बाट दुध आइरहेको देखे छ | खिर खाने मनसायले उसले आफुसंग रहेको भाडा थापे छ थोपा थोपा गरि आइरहेको दूधलाई छिटो भाडा भर्नाको लागि हातले दुन खोज्दा भगवती माइको छालले एउटा थुन भाचिन पुग्यो र दुध नआइ चामलको चौलानी जस्तो पानि आउन थाले पछी त्यो जोगीले दुध दुन छोडेको स्थानीएहरुको भनाइ रहेको छ | भाचिएको थुन लगाएत अन्य ठुनाहरु बाट चौलानी जस्तो थोपा थोपा आइ रहेको अहिले पनि देख्न सकिने भक्तजनहरु बताउछन |
स्थानीयका अनुसार हुम्ला,जुम्ला,कालिकोट,आछाम लगाएत टाढा टाढा बाट घरदम गरि बसेका चेलीबेटीहरु माइत आइ आफुसंग रहेको अपुग समस्यालाइ पुगाइ दिन बर माग्दै पुजामा सहभागी हुने गरेको समस्या अर्थात आफ्ना दुखहरु माइती देवता अर्थात माईले बुझिदिने गरेको उनीहरु बताउदछन |

 

Next Post

रसुवा बाढी अपडेट : हालसम्म १६२ जनाको शव फेला

११ भाद्र २०८३, बिहीबार ०६:०३
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार १६२ जनाको शव फेला परेकाे छ । बाढीले बगाएर ल्याएका र प्रभावित क्षेत्रमा भेटिएका गरी हालसम्म कुल १६२ जनाको शव फेला परेको हाे। सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव […]