रसुवा बाढी अपडेट : हालसम्म १६२ जनाको शव फेला

  ।   ११ भाद्र २०८३, बिहीबार ०९:४५

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार १६२ जनाको शव फेला परेकाे छ ।

बाढीले बगाएर ल्याएका र प्रभावित क्षेत्रमा भेटिएका गरी हालसम्म कुल १६२ जनाको शव फेला परेको हाे। सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। धादिङमा २७, नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवा र नवलपरासी (पश्चिम)मा २–२ जनाकाे शव फेला परेकाे हाे ।

बाढी र पहिरोमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा सबैभन्दा धेरै २० जना, त्रिशूली अस्पतालमा ९ जना र बाँकीको ट्रमा सेन्टर, वीर, सैनिक, ग्रीन सिटी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
उद्धार कार्यलाई तीव्र पार्न हालसम्म ३,३१८ जना प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा कार्यक्षेत्रमा परिचालित भएका छन्। हराइरहेकाहरूको खोजीका लागि सुरक्षा निकायले हेलिकोप्टर र पैदल टोलीको प्रयोग गरी खोजी कार्यलाई निरन्तरता दिएको छ।

Next Post

बाढी अपडेट : कर्णालीका १३४ जना सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार ०९:४५
रसुवा जिल्लामा बुधबार आएको बाढीमा परी कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन रहेका छन् । रोजगारीको सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्र पुगेका कर्णाली प्रदेशका  १० जिल्लाका १३४ जना सम्पर्कविहीन रहेको  कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले  बताए । प्रबक्ता राठौरका अनुसार, सम्पर्कविहीन हुनेमा १०८ जना […]

सम्बन्धित