इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ।बुकायो साकाको ह्याट्रिकको मद्दतले फ्रान्सलाइ पराजित गरेको हो । इंग्ल्यान्डले विश्वकपमा तेस्रो स्थानको खेल जितेको यो पहिलो पटक हो।
फ्रान्सका कप्तान किलियन एमबापेले दुई गोल गर्दै गोल्डेन बुट अवार्डका लागि बलिया प्रत्यासी बनेका छन्।
फाइनल प्रवेश गर्न असफल दुई टिमबीच मियामीमा खेल भएको थियो र प्रतिस्पर्धा रोमाञ्चक रह्यो हारमा पनि फ्रान्सका लागि कप्तान किलियन एमबाप्पेले दुई गोल गरे र उनी यस विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा रहे । एमबाप्पेको यो दसौं गोल हो र उनले अर्जेन्टिनाका लियोनल मेसीलाई उछिनेका छन् । यससँगै उनी गोल्डेन बुट अवार्डका लागि बलिया प्रत्यासी भएका छन् ।
मेसीले आठ गोल गरेका छन् । विश्वकप इतिहासमै एमबाप्पले गरेको गोल संख्या २२ पुगेको छ र उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि भएका छन् । विश्वकपमा इंग्ल्यान्डले तेस्रो स्थानको खेल जितेको यो पहिलो पटक हो । सन् २०१८ मा बेल्जियम र सन् १९९० मा इटालीसँग इंग्ल्यान्डले हारको सामना गरेको थियो ।
इंग्ल्यान्डले तेस्रो मिनेटमा कप्तानको भूमिकामा रहेका डेक्लेन राइसको गोलले अग्रता लिएको थियो । एजरी कोन्साले १८ औं मिनेटमा दोस्रो गोल थपे । त्यसपछि साकाले दोस्रो हाफको अन्त्यतिर दुई गोल गरे र इंग्ल्यान्ड ४–० ले अगाडि रह्यो ।
साकाले ३७ मिनेटमा आफ्नो पहिलो गोल गरेपछि इन्ज्युरी समयको पहिलो मिनेटमा अर्को गोल थपे । त्यसपछि फ्रान्सले तीन गोल फर्काएको हो । त्यसमा एमबापेले ४८ र ६८ औं मिनेटमा एक(एक गोल गरे । त्यसबीच ब्राडली बारकोलाले ५४ औं मिनेटमा एक गोल गरे ।
साकाले पेनाल्टीबाट इंग्ल्यान्डका लागि ८७ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा ओसमन डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गरे । जुड बेलिंघमले त्यसको दुई मिनेटपछि इंग्ल्यान्डका लागि छैटौं गोल गरे । यसरि फ्रान्स माथि इंग्ल्यान्डले ६–४ पराजित गर्दै फिफा विश्वकप २०२६ को तेस्रो स्थान पक्का गरेको हो ।
