आत्मदाह प्रयास गरेका राउतको पनि निधन

  ।   २७ असार २०८३, शनिबार १७:१३

काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ ।

उनको उपचारका क्रममा केहीवेर अघि वीर अस्पतालमा निधन भएको हो ।

प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि आज विहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर ५५ प्रतिशत जलेको अस्पतालले जानकारी दिएको थियो।

यसअघि बिहीवार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको हिजो उपचारका क्रममा निधन भएको थियो।

सर्लाहीमा आत्मदाह प्रयास गरेका ४२ वर्षीय विवेक मण्डलको भने अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

Next Post

बझाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

२७ असार २०८३, शनिबार १७:१३
सुदुर पश्चिमको झाङ जिल्लाको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा जीप दुर्घटनामा भएको छ . उक्तीत दुर्नघटनामा जनाको मृत्यु भएको छ भने पाचा जना यात्रु घाइत्य भएका छन । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार दुर्घटनास्थलमै तीन जनाको ज्यान गएको हो। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी […]