
बिनु भारती /पौष १९, दैलेख ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ दैलेखको अध्यक्षमा विनोद शर्मा चयन भएका छन् । शनिवार भएको दोस्रो जिल्ला अधिवेशनले शर्माको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
अधिवेशनबाट पुरुष उपाध्यक्षमा धुर्ब विष्ट, महिला उपाध्यक्षमा रचना नेपाली, सचिव गणेशप्रसाद अधिकारी, सह-सचिव गीता योगी, कोषाध्यक्ष वीरेन्द्र प्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।।
अधिवेशन संगठनका निवर्तमान अध्यक्ष नगेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनको प्रमुख आतिथ्यता प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले जिल्ला अध्यक्ष रबिन्द्रराज शर्माले गरेका थिए भने विशेष अतिथिमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष भिमराज सिंह रहेका थिए ।
यस्तै, जिल्ला अधिवेशनले मदन तिमिल्सिनाको अध्यक्षतामा १९ सदस्यीय नेपाल स्वास्थ्य प्राविधिक संघ दैलेखको जिल्ला कमिटी समेत गठन गरेको जनाइएको छ ।


