फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश अर्जेन्टिना

  ।   २८ असार २०८३, आईतवार ०९:५५

बिष्णु कुमार शाही

अर्जेन्टिनाले आइतबार स्विटजरल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । यस नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ |

यसअघि, खेलको १० औं मसिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको सुरुवाती अग्रता लिँदै खेलिरहेको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएर खेललाई बराबरीमा ल्याएको थियो। खेलको ६७औं मिनेटमा डान एनडोयेले स्विट्जरल्याण्डका लागि गोल फर्काएका थिए। एटलेटिको म्याड्रिडका अल्भारेजको शक्तिशाली प्रहारले स्विस पोस्टको माथिल्लो भागको सटिक दिशा तय गरेको थियो । अतिरिक्त समयको अन्त्यतिर इज्युरी समयमा लउटारो मार्टिनेजले तेस्रो गोल थपे र अर्जेन्टिनाको जित निश्चित गरे । यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । अर्जेन्टिनाले खेलको दसौं मिनेटमा एलेक्स म्याक एलिस्टरको गोलमा अग्रता लिएको थियो । लियोनल मेसीको कर्नरमा हेड गर्दै उनले बललाई पोस्टको दिशा दिए । खेलको ७२ औं मसिनेटमा ब्रेल एम्बोलोले रेड कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् भने अर्कोमा अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ ।

Next Post

जाजरकोटमा पहिरो एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार

२८ असार २०८३, आईतवार ०९:५५
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. २ राङ्सीमा पहिरो खस्दा ६७ वर्षीया जयशिला शाहको मृत्यु भएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि निर्माण गरिएको अस्थायी टहरामाथि ढिस्को खस्दा उनी घटनास्थलमै मृत्यु भएको हो। पहिरोमा परी मृतककी छोरी र नातिनी घाइते भएका थिए, जसलाई स्थानीय बासिन्दाले उद्धार गरेका छन्। जाजरकोट । जाजरकोट जिल्लाको […]

सम्बन्धित