कर्णाली प्रदेश सरकारले ल्यायो ३५ अर्ब ३९ करोड बजेट

  ।   १ असार २०८३, सोमबार २१:०७

सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमबारको कर्णाली प्रदेशसभा बैठकमा शाहले पेस गरेको बजेटमा आगामी वर्षका लागि चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार (२४.३१ प्रतिशत), पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ हजार १२ हजार (५८.३१ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार (१५.६७ प्रतिशत) रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री शाहका अनुसार सरकारले आगामी वर्षका लागि आन्तरिक आयतर्फ ८५ करोड ५ लाख ९० हजार र चालु आर्थिक वर्षमा खर्च नभइ बचत हुने अनुमानित रकम ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार रुपैयाँ बजेट परिचालन गर्नेछ ।

उनका अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ १० अर्ब ६६ करोड ८५ लाख ४९ हजार, वित्तीय समानीकरणतर्फ १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६७ करोड २५ लाख रुपैयाँ अन्दुान प्राप्त भएको छ ।

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फको ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फको ४८ करोड ५६ लाख र वैदेशिक सहायता ९६ लाख रुपैयाँ स्रोत परिचालन हुने उनले जानकारी दिए । चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि गरी आगामी वर्षको बजेट ल्याइएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए ।

Next Post

रुपन्देही अदालतबाट पनि हट्यो रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग

१ असार २०८३, सोमबार २१:०७
रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितका आरोपीहरू विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाएको छ। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार अभियोगपत्र संशोधन गर्दै लामिछाने सहितका प्रतिवादीमाथि अब सहकारी ठगीको मुद्दा मात्रै चलाउने आदेश दिएको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ […]