रवीन्द्र ढाँटले अब फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने

  ।   १२ भाद्र २०८३, शुक्रबार २१:३०

नेपाली रोड टू यूएफसी सिजन–५ को फाइनलमा एमएमए फाइटर रवीन्द्र ढाँटले जापानका रियो ताजिमालाई प्रतिस्पर्धी पाएको छ। उनले भारतका चुङग्रेङ कोरेनलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।

 

फाइनल खेल २०२७ को सुरुआततिर हुने बताइएको छ। यदि त्यो प्रतिस्पर्धा जितेमा रवीन्द्र युएफसीमा प्रवेश पाउने पहिलो नेपाली फाइटर बन्ने छन्।

नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले रोड टु युएफसी सिजन–५ को फाइनलमा स्थान बनाउँदै नेपाली खेलकुदमा नयाँ इतिहास रचेका छन्।

चीनको साङ्घाईमा जारी प्रतियोगिताको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन्। उनी रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली एमएमए फाइटर बनेका छन्।

‘बझाङ्गी बाघ’ उपनामले परिचित ढाँटले फाइनलमा पनि जित निकाल्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्।

बान्टमवेट विधामा ढाँटले अहिलेसम्म ११ खेल खेलेका छन्। उनले १० खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजित भएका छन्। उनको एकमात्र हार सन् २०२३ मा इस्माइल खानसँग भएको थियो। त्यसयता भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को बान्टमवेट उपाधि जितेपछि ढाँट थप चर्चामा आएका थिए। उनले भारतीय फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। उक्त सफलतासँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए।

रोड टु युएफसी सिजन–५ को क्वाटरफाइनलमा पनि ढाँटले प्रभावशाली प्रदर्शन गरेका थिए। गत मे महिनामा मकाउमा भएको क्वाटरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए।

सेमिफाइनलमा मर्डकलाई हराउँदै फाइनल पुगेपछि ढाँटको युएफसी यात्राको सम्भावना थप बलियो बनेको छ। अब फाइनलको नतिजाले उनको व्यावसायिक युएफसी यात्राको ढोका खोल्ने वा नखोल्ने तय गर्नेछ।

Next Post

रसुवा बाढी अपडेट ६७५ जनाको शव फेला, २ हजार ४८५ जना सम्पर्कविहीन

१२ भाद्र २०८३, शुक्रबार २१:३०
रसुवामा आएको बाढीका कारण ६७५ जनाको शव फेला परेको छ भने २ हजार ४८५ जना सम्पर्कविहीन छ्न । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अपडेट अनुसार बाढीमा परी हालसम्म ६७५ जनाको शव फेला परेको छ। प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा […]