रसुवा बाढी अपडेट ६७५ जनाको शव फेला, २ हजार ४८५ जना सम्पर्कविहीन

  ।   १४ भाद्र २०८३, आईतवार ०६:४२

रसुवामा आएको बाढीका कारण ६७५ जनाको शव फेला परेको छ भने २ हजार ४८५ जना सम्पर्कविहीन छ्न । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अपडेट अनुसार बाढीमा परी हालसम्म ६७५ जनाको शव फेला परेको छ।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३, तनहुँमा ३५ र चितवनमा २४६ जनाको शव फेला परेको छ।

बाढीपछि २ हजार ४८५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। जलविद्युत् आयोजनामा कार्यरत १३३ जना, मकवानपुरका ६४ जना तथा सम्पर्कविहीन विदेशी नागरिक ५८९ जना रहेको विवरणमा उल्लेख छ। त्यस्तै, विदेश भ्रमणमा गएका नेपालीमध्ये १२७ जना र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। सुरक्षा निकायसहित विभिन्न टोली परिचालन गरिएको छ। नेपाली प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल गरी ठूलो संख्यामा सुरक्षाकर्मी उद्धार तथा राहतमा खटिएका छन्।

प्राधिकरणका अनुसार हेलिकप्टरमार्फत पनि उद्धार कार्य जारी छ। जलविद्युत् आयोजनाबाट १२  गते  २१९ जना र हिजो  ५८ जना गरी ठूलो संख्यामा प्रभावितको उद्धार गरिएको उल्लेख छ। विदेशी नागरिकको उद्धारका लागि पनि हेलिकप्टर परिचालन गरिएको छ।

सरकारले बाढी प्रभावित जिल्लामा नगद राहत उपलब्ध गराउनुका साथै खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिरहेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सर्जिकल मेडिकल टोलीसहित स्वास्थ्यकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

Next Post

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको शव फेला

१४ भाद्र २०८३, आईतवार ०६:४२
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्। कहाँ कति शव फेला पर्याे चितवन: २५९ जना नवलपरासी पूर्व: १८४ जना नवलपरासी पश्चिम: ८२ जना गोरखा: ५८ जना नुवाकोट: ५२ जना धादिङ: ५० जना […]