विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  ।   २६ भाद्र २०८३, शुक्रबार ०९:११

भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

आगो नियन्त्रणमा लिएपछि कारभित्र हालसम्म नाम, थर र ठेगाना नखुलेको एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
आगलागीबाट कारमा समेत पूर्ण रूपमा क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट

२६ भाद्र २०८३, शुक्रबार ०९:११
काठमाडौँ — यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । मलेसियामा भइरहेको प्रतियोगिताको शनिबार भएको फाइनलमा नेपालले उपाधि रक्षा गरेको हो ।उपाधिसँगै नेपाल लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट भएको छ । २०२३ मा घरेलु भूमिमा भएको यस प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई नै […]