भोटेकोशी बाढी अपडेट : ७३४ जनाको शव फेला

  ।   १४ भाद्र २०८३, आईतवार ०९:५८

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्।

कहाँ कति शव फेला पर्याे
चितवन: २५९ जना
नवलपरासी पूर्व: १८४ जना
नवलपरासी पश्चिम: ८२ जना
गोरखा: ५८ जना
नुवाकोट: ५२ जना
धादिङ: ५० जना
तनहुँ: ३६ जना
रसुवा: १३ जना
२,४९८ जना सम्पर्कविहीन: ९३३ जलविद्युत् आयोजनाका कामदार

बाढीमा परी अझै २,४९८ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा विभिन्न सुरक्षा निकायका ८५ जना (सेना ४५, प्रहरी २७, सशस्त्र १३) समेत रहेका छन्। यस्तै, विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना कामदार सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा ५८९ विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ नेपाली पर्यटन सहयोगीहरू समेत रहेका छन्। रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ।

विपद्पछि उद्धारका लागि देशभर १९,८९५ सुरक्षाकर्मी परिचालित भएका छन्। हालसम्म ८,१८६ जनाको जीवितै उद्धार गरिएको छ।

रातो पार्टी बाट साभार

Next Post

शव पहिचानका लागि आफन्तलाई डीएनए नमुना बुझाउन प्रहरीको आग्रह, यसरी बुझाउनुहोस्

१४ भाद्र २०८३, आईतवार ०९:५८
नेपाल प्रहरीले रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकहरूको पहिचानका लागि परिवारका सदस्यहरूलाई डीएनए परीक्षण हेतु रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगहरूको वैज्ञानिक परीक्षणमार्फत पहिचान गरी परिवारलाई हस्तान्तरण गर्न प्रहरीले यस्तो अपिल गरेको हो। प्रहरीका अनुसार पहिचान […]