युवा तथा पत्रकारहरुसङ्ग भेटघाट कार्यक्रम

  ।   ११ पुष २०७७, शनिबार १४:५१

पौष ११, दैलेख । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले जिल्लास्थित युवा तथा पत्रकारहरुसङ्ग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । देशको पछिल्लो अबस्थाको बिषयमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताइएको छ ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापा, जिल्ला पार्टी सचिब प्रेमबहादुर कटुवाल, नेकपा कर्णाली प्रदेश कमिटी सदस्यहरु सावित्री मल्ल, टेकबहादुर खाण, बरुनाथ योगि, गोपाल नेपाली लगायतले पार्टी तथा देशको सम सामयिक अबस्थाको बारेमा जानकारी गराएका थिए ।

बर्तमान अबस्थामा प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको कदम असंबैधानिक रहेकोले उक्त कदमको विरुद्धमा लाग्न युबा तथा पत्रकारहरुलाई उनिहरुले आग्रह गरेका छन् । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार तथा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Next Post

प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

११ पुष २०७७, शनिबार १४:५१
पौष १२, मोरङ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपामा निम्तिएको विभाजनको असर प्रदेश १ सरकारमा पनि देखिएको छ । नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय […]