खोलामा बगेका युवकको सकुशल उद्दार

  ।   २४ श्रावण २०८३, आईतवार १०:४६

कैलालीको मोहन्याल गाउँपालिका– ७ को पितमारी खोलामा मोटरसाइकलसहित खोलामा बगेका एक जनाको सकुशल उद्दार गरिएको छ ।

शुक्रवार राति सुर्खेतबाट आफ्नो घर आउदै गरेका बर्दगोरिया गाउँपालिका–२ बस्ने ३९ वर्षीय लौटन चौधरीको सकुशल उद्दार गरिएको इलाका प्रहरी कार्यालय चिसापानिले जनाएको छ ।

चौधरी घर फर्किने क्रममा शुक्रवार राति करीब साढे ९ बजेतिर मोहन्याल गाउँपालिका– ७ को पितमारी खोलामा मोटरसाइकलसहित बगेका थिए ।

स्थानीयले बगिरहेको अवस्थामा देखेपछि तत्काल इलाका प्रहरी कार्यालय चिसापानीलाई खबर गरेका थिए । इलाका प्रहरि कार्यालय चिसापानीकी इन्चार्ज प्रहरी निरीक्षक(इन्स्पेक्टर) मिरा खड्काको नेतृत्वमा खटिएको टोलीले करीब एक घण्टाको प्रयासपछि उनको सकुशल उद्दार गरेको हो ।

बर्षाका कारण खोलामा अत्यधिक बाढी आएकाले मोटरसाइकल भने निकाल्न नसकिएको प्रहरीले जनाएको छ । उद्दार गरिएका चौधरीलाई शुक्रवार राति नै सकुशल घर पठाइएको कार्यालयले जनाएको छ ।

Next Post

अटो दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाइते

२४ श्रावण २०८३, आईतवार १०:४६
कालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य ३ जना घाइते भएका छान । कर्णाली  प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घटनामा परि मृत्यु हुनेमा महावै गाउँपालिका- ५, गेलाका ३५ वर्षीय मंगलबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जनाएका छन् । घाइतेमध्ये […]