
नेपालगन्ज ।
बाँकेकाे नेपालगन्जबाट सन्चालित सेताेखरि मिडिया प्रालिले नेपाल पत्रकार महासंघ बाँके शाखालाई सहयाेग गर्ने घाेषणाा गरेकाे छ ।
शाखाले काेराेनाका विरामिलाई सहजताका लागि एम्बुलेन्स खरिद गर्ने याेजना अघि सारेपछि सेताेखरिले सबैभन्दा पहिला यसका लागि सहयाेगको घाेषणाा गरेकाे हाे।

सेताेखरिले साे एम्बुलेन्स खरिदका लागि १ हजार १ रुपैया सहयाेग गर्ने घाेषणाा गरेकाे सेतोखरी मिडिया प्रालिका अध्यक्ष तथा इसेताेखरि अनलाइन र सेताेखरि दैनिकका प्रधान-सम्पादक कमल न्याैपाने बताउछन् । उनले महासंघको यो पवित्र कार्यमा सबैले आ-आफ्नो ठाउँबाट सहयाेग गर्नुपर्ने उल्लेख गरे ।
सेतोखरी मिडियाले पहिलाे र अहिलेकाे काेराेना संक्रमणमा नागरिकलाई सहयाेगका साथै अन्य सहजिकरणमा समन्वय गरिरहेकाे छ ।


