बियरको मूल्य बोत्तलमै १० रुपैयाँले वृद्धि, रक्सी र चुरोट खैनीको भाउ पनि बढ्ने

  ।   १५ जेष्ठ २०८०, सोमबार २१:२३

जेठ-१५, काठमाडौ । आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ मङ्गलवारदेखि नै लागू हुनेछ ।

आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि आज साेमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो ।

अहिले बियरमा प्रतिलिटर दुई सय २८ रुपैयाँ अन्तःशुल्क लाग्छ । यसलाई बढाएर दुई सय ३५ रुपैयाँ पुर्‍याएकाले लिटरमा ७ रुपैयाँ बढ्नेछ । बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । यसले गर्दा बियरको मूल्य छ सय ५० मिलिलिटरको बोतलमा १० रुपैयाँ बढ्ने छ ।

Next Post

सञ्चयकोषको उपचार खर्च दम्पतीमा विस्तार

१५ जेष्ठ २०८०, सोमबार २१:२३
जेठ-१६, काठमाडौ । सरकारले कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरेको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् । बजेट वक्तव्य पढ्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा […]